नियम ९२
स्वीकृत सङ्कल्प पठाइने
सचिवले बैठकद्वारा स्वीकृत गरिएको प्रत्येक सङ्कल्पको एक–एक प्रति मन्त्रिपरिषद्लाई र सम्बन्धित मन्त्रीलाई पठाउनेछ । सम्बन्धित मन्त्रीले स्वीकृत सङ्कल्प कार्यान्वयन गरी सो को जानकारी तत्काल सचिवालयमा पठाउनु पर्नेछ ।
तर कुनै मनासिब कारण परी सङ्कल्प कार्यान्वयन हुन नसकेकोमा त्यस्तो कारण सहितको जानकारी प्रतिनिधि सभालाई गराउनु पर्नेछ ।